काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो निर्वाचन क्षेत्रमा मतदान गरेपछि सामाजिक संञ्जालमा संक्षिप्त प्रतिक्रिया दिँदै आजको दिनलाई आफ्नो जीवनका दुई महत्त्वपूर्ण संयोगहरूको रूपमा स्मरण गरेका छन् ।
अध्यक्ष ओलीले आजको दिन (फागुन २१) लाई सुखानी शहीद दिवसको रूपमा स्मरण गर्दैे उनले भने, `आज सुखानी शहीद दिवस हो । झापा आन्दोलनका क्रममा जेल सार्ने बहानामा हाम्रा योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीको हत्या गरिएको थियो । ´
उनले आफू पनि त्यतिबेला मृत्युको मुखबाट फर्केर आएको र १४ वर्ष कठोर कारावास बिताएको उल्लेख गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
ओलिले राजनीतिक संघर्षका अलावा आजकै दिन ६ वर्षअघि आफ्नो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको बताउदै उनले भने, `यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन् । फागुन २१ मेरा लागि कहिल्यै नबिर्सने दिन हो ।´
https://www.facebook.com/share/p/1B57GigA6J/