काठमाडौँ । मकवानपुर जिल्ला मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म करिब ३० प्रतिशतभन्दा बढी मतदान भएको छ।
जिल्लामा रहेका कुल ३ लाख १५ हजार ३ सय ३४ मतदातामध्ये मतदान प्रक्रियामा उल्लेख्य सहभागिता देखिएको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लामा महिला मतदाता १ लाख ५३ हजार ३ सय ७६ र पुरुष मतदाता १ लाख ६१ हजार ९ सय ५३ रहेका छन्। निर्वाचन क्षेत्र नं. १ मा १ लाख ५८ हजार ४ सय ३५ र क्षेत्र नं. २ मा १ लाख ५६ हजार ८ सय ९९ मतदाता रहेको कार्यालयले जनाएको छ। १०२ वडामा रहेका १६७ मतदान स्थलका ३७४ मतदान केन्द्रमा बिहानदेखि नै मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। हालसम्म मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको र सुरक्षाकर्मी परिचालन गरिएको पनि जनाइएको छ।