काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला मावि मतदान केन्द्रमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। स्थानीय मतदाताहरू मतदान गर्न नआएपछि मतदान प्रक्रिया रोकिएको हो। यसअघि नै यहाँका स्थानीयले ‘नो भोट’ अभियान घोषणा गर्दै मतदान नगर्ने निर्णय गरेका थिए।
नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल–३ को दुधिला आधारभूत विद्यालयका मतदाताले पनि मतदान नगर्ने अडान दोहोर्याएका छन्। विकास तथा वडा विभाजनको माग पूरा नभएको भन्दै उनीहरू आन्दोलनमा छन्। नागु केन्द्रमा ६०२ र दुधिला केन्द्रमा ३४६ मतदाता रहेका छन्।