काठमाडौँ । मकवानपुरमा बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार १६७ मतदान स्थल र ३७६ मतदान केन्द्रमा बुथ व्यवस्थापनलगायत आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ।
दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल पनि तयार गरिएको छ। जिल्लामा ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। मतदान सञ्चालनका लागि ३ हजार ३६६ कर्मचारी खटाइएको छ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ।