जनकपुरधाम । धनुषा–४ बाट एकजना स्वतन्त्र उमेदवार पक्राउ परेका छन् ।
निर्वाचन आचारसंहितविपरीत पैसा बाँड्दै गरेको अवस्थामा क्षीरेश्वरनाथ नगरपालिका–४, चन्द्रपुर टोलबाट पैसा बाँड्दै गरेको आरोपमा स्वतन्त्र उमेदवार राजकिशोर महरा पक्राउ परेका हुन् ।
उमेदवार पक्राउ परेका र उनीसँगै भएका अन्य तीन जना फरार भएको धनुषाका डीएसपी गणेशबहादुर बमले जानकारी दिए ।
बमका अनुसार महरालाई ४५ हजार रुपैयाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगद तथा आर्थिक कारोबारसम्बन्धी विवरण उल्लेख गरिएको डायरीसमेत बरामद गरिएको छ ।