काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बुधबार राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
निर्वाचन सुरक्षा कडा बनाउने उद्देश्यले मतदान सम्पन्न नहुन्जेलसम्म यो रोक कायम रहनेछ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, अत्यावश्यक सेवाका सवारी जस्तै एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, खानेपानी र विद्युत् मर्मतका सवारी सञ्चालन गर्न पाउनेछन्।
त्यस्तै, कुटनीतिक नियोगका निलो प्लेट भएका सवारी र निर्वाचन आयोग वा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास भएका सवारीलाई पनि अनुमति दिइएको छ।