काठमाडौँ । बाजुराका जिल्लाका १० मतदान स्थल यातायातको पहुँच भन्दा बाहिर रहेका छन् ।
जिलामा जम्मा ७७ वटा मतदानस्थल रहेका,जसमा १० वटा मतदान स्थलमा गाडि नपुग्ने गरेको प्रमुख जिल्ला अधिकारी अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन् ।
त्रिबेणी नगरपालिका ५ किम्नीमा रहेको रामेश्वरी माबि, गौमुल गाउँपालिका १ मा रहेको अम्लिस माबि, जगन्नाथ गाउपालिका ४ बागापानिमा रहेको मालिका माबि मतदान स्थल गाडिको पहुँचमा नरहेका जनाएका छन् । त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिका १ को मण्डाली आधारभुत बिद्यालय खोलिकोट र २ नम्बर वडामा रहेको बिन्दासैन आधारभुक्त बिद्यालय फयालगाउँ मतदान स्थल यातायातको नरहेको बताइएको छ ।
सबै भन्दा बिकट रहेको हिमाली गाउँपालिकामा ५ वटा मतदान स्थल यातायातको पहुँचमा रहेको छैन् । यी ठाउँका मतदान स्थलमा तिन दिन सम्म हिडेर निर्वाचन कर्मचारी पुगेका छन् । हिमाली १ मा रहेको बिच्छयाँ माबि मतदान स्थल, वडा नम्बर १ मा रहेको सुनन्दा माबि स्थल, वडा नम्बर २ मा रहेको ठुलाकोट आधारभुत बिद्यालय स्थल, ३ नम्बरमा रहेको गंगा आधारभुक्त बिद्यालय र सोहि वडाको हिमाल भक्ति प्राबि गुम्बा मतदान स्थल गाडिको पहुँचमा रहेका छैनन् ।
बाजुराको सबै मतदान स्थल र केन्द्रमा कर्मचारी पुगिसकेका छन् । भौगोलिक विटकता बाट निकै टाढा रहेका हिमाली गाउँपालिका १, २ र ३ मा रहेका मतदान केन्द्रका मतपेटिका हेलिकप्टर बाट ढुवानी गर्ने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले वताएका छन् । बाजुरामा निर्वाचनका तयारी पुर्ण रुपमा भइसकेको समेत बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका बाजुराका अनुसार ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र कायम भएका छन् । बाजुरामा ८७ हजार ८ सय ६१ जना मतदाता रहेका छन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता छन् ।
२०७९ को प्रदेश र संघको चुनावमा बाजुरामा बिभिन्न मतदान स्थलामा झडप सँगै फर्जि मतदान भएको थियो । त्रिवेणी नगरपालिका ७ मा दुइजना युवाको मृत्यु समेत भएको थियो ।
साथै बाजुरामा निर्वाचनका क्रममा उच्च सुरक्षा निगरानी गरिने भएको छ। विगतमा झडप, बुथ कब्जा र हिंसात्मक घटना दोहोरिँदै आएकाले स्थानीय प्रशासनले जिल्लालाई उच्च सुरक्षा सतर्कतामा राखेको जनाएको छ।
२०४८ सालयता अधिकांश निर्वाचनमा कुनै न कुनै रूपमा अशान्ति देखिएको बाजुरामा दलगत पकडका आधारमा मतदान केन्द्र कब्जा गर्ने, विपक्षी दलका मतदातालाई बुथसम्म जान नदिने तथा कर्मचारीकै सामुन्ने फर्जी मत खसाल्ने प्रवृत्ति मुख्य चुनौती रहँदै आएको छ।
ड्रोन र सीसीटीभी फुटेजमार्फत शंकास्पद गतिविधि पहिचान गरी तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। आवश्यक परेमा तत्काल सहयोग पु¥याउन हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।