काठमाडौं । नेपाली कांग्रेस (बीपी) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ ।
आइतबार काठमाडौंमा आयोजित चुनावी सभामा दुई दलबीच सहमति गर्दै एकीकरणको घोषणा गरिएको हो ।
सम्झौतापत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रअनुसार नेपाली कांग्रेस (बीपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनात्मक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत भएको घोषणा गरिएको छ।
जारी वक्तव्यमा परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणप्रति प्रतिबद्धता व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एकीकरणको निर्णय गरिएको उल्लेख गरिएको छ।
.jpeg)