काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफ्नो पार्टीमा केही नेता भ्रष्टाचारसँग जोडिएको र त्यसमा छानबिन हुनुपर्ने बताएका छन् । शनिबार फेसबुकमार्फत एक भिडियो सन्देश जारी उक्त कुरा बताउका हुन् ।
उनले भने, ‘हाम्रो पार्टीका केही नेताहरू भ्रष्टाचारसँग जोडिएका छन् । यसबारे सत्य–असत्य छानबिन होस् । एमाले र नेताहरू छानबिनको दायराभन्दा बाहिर जानु हुँदैन ।’ यस्तै उनले पार्टीभित्र धेरै कुरामा विमति भएपनि अन्तर्विरोधलाई थाती राखेर एकताबद्ध चुनावमा लाग्न आह्वान गरेका हुन् ।
उनले भनेका छन्, ‘पार्टीभित्र धेरै कुरामा हाम्रा विमति छन्,। तर अहिलेको अवस्थामा हामीले पार्टीभित्रका द्वन्द्वहरूलाई, अन्तर्विरोधहरूलाई थाती राख्ने समय हो। यतिबेला सिङ्गो नेकपा एमाले टुप्पीदेखि पैतालासम्म एकताबद्ध भएर नेकपा एमालेको विजयमा एक ठाउँमा उभिने बेला हो।’