गोरखा । गोरखाका दुवै निर्वाचन क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीले नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ । यहि फागुन २१ गते हुने निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको हो ।
समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए । प्रलोपाको हालै सम्पन्न बैठकले गोरखामा क्षेत्रमा कांग्रेसलाईसहयोग निर्णय गरेकोप्रति नेपाली कांग्रेस गोरखाले आभार व्यक्त गरेको छ ।
यसअघि २०७४ को चुनावमा कांग्रेस गोरखासंग चुनावी तालमेल गरी डाक्टर भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए ।उनले यसपटक पनि उम्मेदवारी दर्ता गरेका थिए तर पछि उम्मेदवारी फिर्ता लिए ।