काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको निर्वाचनमा चुपचाप नभइ प्रश्न गरेर मात्रै छाप लगाउन आग्रह गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै विदेशमा सबै नेपालीलाई आउँदो निर्वाचनमा विदेशमा कांग्रेसको पक्षमा मतदान गर्न उनले आग्रह गरेका हुन् । विदेशमा रहेका नेपालीलाई आग्रह गर्दै उनले मत दिनुअघि प्रश्न गरेर स्पष्ट भएर मात्र निर्णय लिन आग्रह गरे ।
उनले भनेका छन, ‘मतदाताले नै भन्नुपर्छ- चुपचाप यो छाप, त्यो छापको नारा हामी मान्दैनौँ। हामी दल र उम्मेदवारलाई प्रश्न गर्छौं, जबाफ चाहन्छौँ ‘प्रवासी नेपालीहरूले प्राकृतिक विपत्ति, भूकम्प, द्वन्द्व र कोभिड–१९ जस्ता संकटमा देशलाई धेरै सहयोग गर्नुभएको छ। अबको चुनावमा पनि जिम्मेवार निर्णय लिनुहोस् ।’
विदेशबाट मतदान गर्न सकिने अधिकार सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध रहेको उनले बताए । उनले कांग्रेसले नयाँ पुस्ताको माग अनुसार राजनीतिक र प्रशासनिक सुधार सुरु गरिसकेको र प्रवासी नेपालीसँग सहकार्यको अवधारणा अघि बढाएको जानकारी दिए ।