काठमाडौं । बोलिभियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । बोलिभियाको दोस्रो ठूलो सहर एल आल्टोमा भएको सैन्य कार्गो विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको हो ।
मिडिया रिपोट्र्सका अनुसार दमकल अधिकारीहरूले विमान दुर्घटनामा १५ जनाको मृत्युको पुष्टि गरेका छन्। बोलिभियाको एयर ट्राफिक कन्ट्रोल अथरिटीले शुक्रबार स्थानीय समयानुसार बेलुकी ६:२० बजे विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ