काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर रहेको भन्दै सार्वजनिक गरिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित भएको स्पष्ट पारेको छ ।
शुक्रबार राति जारी गरिएको विज्ञप्तिमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई सम्बोधन गरी लेखिएको भनिएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र नेपाल–भारत द्विपक्षीय सम्बन्धमा खलल पुर्याउने उद्देश्यले योजनाबद्ध रूपमा यस्ता प्रचारबाजी गरिएको रास्वपाको दाबी छ ।
