काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उज्यालो नेपाल पार्टीका समर्थकहरूले कालो झण्डा देखाएका छन् ।
चुनावी कार्यक्रममा सहभागी हुन दमौलीको पुगेका लामिछानेलाई उज्यालो पार्टीका समर्थकहरूले कालो झण्डा देखाएका हुन् ।
चितवनबाट रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्ले दमौली जाँदै गर्दा कालो झण्डा देखाएर विरोध प्रदर्शन गरिएको हो ।
दर्जनौको संख्यामा रहेका उज्यालो नेपालका कार्यकर्ताले कार्यक्रम स्थलभन्दा केही वर बाटो छेकेर बसेका थिए । निर्वाचन आचारसंहिताविपरीत कालो झण्डा प्रदर्शन गरेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिइएको छ ।