नवलपरासी। चुनावको मुखमै नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ठुलो धक्का लागेको छ । रास्वपा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का जिल्ला सभापति महेन्द्रसिंह ठकुरी नै नेपाली कांग्रेसमा प्रवेश गरे पछि रास्वपालाई ठुलो धक्का लागेको हो ।
बिहीबार बर्दघाट नगरपालिका-१२ चौपत्तामा आयोजित चुनावी सभामा उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले स्वागत गरेका छन् । ठकुरी रास्वपाका संस्थापक जिल्ला सभापति पनि हुन् । तर फागुन २१ का लागि भएको टिकट वितरणलाई लिएर उनी असन्तुष्ट थिए ।
ठकुरीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गरेका थिए। रास्वपाले त्यहाँ कांग्रेस लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाललाई टिकट दिएको छ । अहिले खनाल कांग्रेस नेता विनोद चौधरीविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । यसअघि उनका दाजुले पनि रास्वपा छाडेका छन् । सुस्ता गाउँपालिकाका उपसभापति ठकुरीका दाजु गुप्तसेनले रास्वपा छाडेको घोषणा गरिसकेका छन्।