काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गलत मान्छेलाई भोट दिँदा पाप लाग्ने बताएका छन् । जनकपुर मन्दिर परिक्रमा गर्ने क्रममा बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले पैसा लिँदा नभई गलत मान्छेलाई भोट हाले पाप लाग्ने बताएका हुन् ।
उनले भने, ‘पैसाले भविष्य बेच्ने होइन । पैसामा आफ्नो भविष्य नबेच्नु होला । कसैले दिएछ भने लिए हुन्छ त्यो हाम्रो भविष्य चोरेको पैसा हो । आफ्नो पैसा चोरेर लिएर गएर हामीलाई नै बाँड्छ भने आफ्नै पैसा लिँदा पाप लाग्दैन । तर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ ।’
उनले मधेसले मात्र होइन नभई सिङ्गो देशले पहिलो पटक धेरै युवा उम्मेदवार प्राप्त गरेको भन्दै इतिहास लेख्न अवसरबाट नचुक्न आग्रह गरे ।