काठमाडौँ। नेकपा एमालेले तोकिएको समय फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने अडान राखेको छ । मंगलबार आम निर्वाचन २०८२ का एमाले प्रचार संयोजक मीन बहादुर शाहीले पत्रकार सम्मेलन गर्दै पार्टीको यस्तो धारणा राखेका हुन् ।
निर्वाचनको सम्मुखमा सरकारले निषेधाज्ञा, कर्फ्यु लगाएर डर त्रास सिर्जना गरेकोमा चिन्ता प्रकट गर्दै एमालेको लोकप्रियता बढेको तथा कथित ‘भोट फर चेन्ज’ नभई ‘भोट फर नेशन’ भन्ने उच्च मनोबलका साथ एमालेका नेता कार्यकर्ता जनताको घरघरमा पुगिरहेको जनाएको छ ।
त्यस्तै एमालेले न्याय मर्न नहुने पनि बताएको छ । त्यस्तै एमालेले सामाजिक सञ्जालको दुरुपयोग गरेर निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचार प्रसार भइरहेकोमा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।