काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश होमागाईं नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्। फागुन ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी परित्याग गरेका होमागाईंले आज एक कार्यक्रमका बिच काङ्ग्रेस प्रवेश गरेका हुन । उनलाई नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले स्वागत गरेका हुन ।
पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्रमा ह्रास आएको, आर्थिक अपारदर्शिता र नेतृत्वस्तरमै नैतिक विचलन आएको भन्दै रास्वपा छोडेका थिए ।