भद्रपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई प्रमुख विषयका रुपमा उठान गरेका छन् ।
चन्द्रगढीमा आज आयोजित कोणसभामा सुशासन कायम नगरेसम्म राष्ट्रलाई समृद्धिको बाटो अग्रसर गराउन नसकिने भएकाले जनचाहनाअनुरुप राज्यसत्ता सञ्चालन गर्ने आफ्नो पार्टीको नीति रहेको स्पष्ट गरे।
जनतालाई सर्वोपरि मानेर उनीहरूका समस्या समाधान नै आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको अध्यक्ष लामिछानेले बताए। संसदीय अभ्यासलाई जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिँदै उनले जनचाहनाअनुरुप काम गर्न नसक्ने नेतृत्वलाई जनताले मतका माध्यमबाट निर्णय गर्ने बताए।