काठमाडौँ । मुस्ताङको एउटा मतदान केन्द्रमा चार जना मात्रै मतदाता रहेको पाईएको छ । निर्वाचन आयोगका अनुसार मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ५ मा पर्ने साङ्ग्ता भन्ने गाउँमा रहेको हिमाली आधारभूत विद्यालयको मतदान केन्द्रमा अहिलेसम्म चार जना मात्रै मतदाता रहेको आयोगले जनाएको छ।
चुनाव आउन जम्मा नौ दिन बाँकी रहँदा उक्त केन्द्रसम्म सबै निर्वाचन सामग्री र मतपत्र पुर्याउन साथै निर्वाचन अधिकृत, सुरक्षाकर्मी गरेर २० भन्दा बढी जनशक्ति आवश्यक पर्ने मुस्ताङका जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
यता आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार उक्त मतदान केन्द्र सार्नेबारे सहमति नभएकोले त्यहाँ बस्ने चार मतदाताका लागि पनि २०/२२ जना जनशक्ति त्यहाँका लागि जाने जनाएको छ । उक्त गाउँका ३९ मतदातामध्ये ३५ जना पोखरा, काठमाडौँ वा जोमसोममा रहेको जनाएको छ।