काठमाडौं । नेपाली कांग्रेस बीपीका नेता कर्ण मल्लसहितलाई नेपाली कांग्रेसमै फर्किन आह्वान गरिएको छ ।
तत्कालीन डडेलधुरा कांग्रेसका सभापतिसमेत रहेका उनलाई कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले विज्ञप्ति जारी गर्दै मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायत सबै नेता तथा क्रियाशील सदस्यलाई नेपाली कांग्रेसमा फर्किएर सक्रिय योगदान दिन आग्रह गरिएको छ ।
यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुन लाग्दा नेपाली कांग्रेस डडेल्धुराले सबै मतदातालाई सक्रिय रूपमा मतदानमा भाग लिन र पार्टीलाई समर्थन गर्न आह्वान पनि गरेको छ ।
