काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएकोप्रति आपत्ति जनाएका छन् ।
श्निबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले साधारण तारेख तोकिनु व्यवहारिक रुपमा अर्थहीन र प्रयोजनहीन भएको आरोप लगाए ।
सैद्धान्तिक रुपमा पनि भोलिका दिनमा एउटा नजिर बस्ने बताउँदै समयमै न्याय सम्पादन नहुनु म्याद गुज्रिएको औषधिजस्तो हुने जिकिर गरे ।