काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेको झण्डा जलाउने कार्यकर्तालाई कारबाही गर्ने बताएका छन् ।
दाङको घोराहीमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफ्ना कार्यकर्ताले झण्डा जलाएको हो भने कारबाही गर्ने बताएका हुन् ।
‘रास्वपाको कसैको झण्डा जलाउने नीति छैन । यदि हाम्रो कार्यकर्ताले जलाएको रहेछ भने कारबाही गर्छौँ,’
बिहीबार राति दाङमा रास्वपाको चुनावी प्रचारको क्रममा घण्टी बजाउँदै रास्वपाका कार्यकताले एमालेको सूर्य चिह्न अंकित झण्डा जलाएका थिए ।