काठमाडौं । प्रतिनिधिसभा सभा सदस्यका लागि प्रत्यक्षतर्फ तीन हजार ४०६ जना उम्मेदवार छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या जम्मा ८६७ पुगेको छ । अझै २५३९ जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेर त्यसको जानकारी निर्वाचन आयोगलाई गराएका छन् ।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि प्रतिनिधि सभा बैंक खाता खोल्न भनिएको छ ।निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ । निवाचनसँग सम्बन्धित कारोबार गर्दा सोही खातामार्फत गर्नुपर्ने प्रावधान छ ।