दाङ । रास्वपाले अपरिपक्वताको पराकाष्ठा देखाएको आरोप एमालेले लगाएको छ । दाङमा बिहीबार राति रास्वपा समर्थकहरुले झण्डा जलाइदिएपछि एमालेले सो आरोप लगाएको हो ।
रास्वपा कार्यकर्ताहरुले विहीबार राति दाङको तुलसीपुर बजारमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा जलाएका थिए ।
सो कार्यलाई एमालेले ‘आस्था र भावनामाथिको प्रहार’ भनेको छ । आज एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिको रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् ।
.jpg)