काठकाडौँ । कास्की क्षेत्र नं. ३ मा चुनाव नजिकिँदै गर्दा राजनीति दिनप्रतिदिन तातिँदै गएको छ। लामो समयदेखि कम्युनिस्ट र कांग्रेसबीच परम्परागत प्रतिस्पर्धा हुने गरेको भए पनि यसपटक नयाँ चुनौती पनि देखा परेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अर्जुन खनालले हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र आफ्नो मुख्य एजेण्डा बनाएका छन्। उनका अनुसार, देशको अस्थिर राजनीतिले विकास र समृद्धि रोकिरहेको छ, त्यसैले अब वैकल्पिक शक्ति आवश्यक छ। उनका समर्थकहरू भन्छन् कि उनको अभियानले हिन्दु धर्मावलम्बी समुदायबीच नयाँ उत्साह थपेको छ।
खनाल पर्यटन व्यवसायसँग प्रत्यक्ष जोडिएका छन्। उनी कास्कीको समृद्धिको आधार पर्यटन नै भएको भन्दै दिगो पर्यटन विकासमा जोड दिन्छन्। यससँगै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, किसानलाई बजार सुनिश्चितता र उत्पादनमा आत्मनिर्भरता पनि उनका प्राथमिकतामा छन्। स्थानीय विश्लेषकहरू भन्छन् कि मतदाता पुराना दलप्रति निराश छन् र परिवर्तन खोजीमा छन्।
घरदैलो भ्रमण र जनभेटघाटमा खनालप्रति बढ्दो समर्थन देखिएको छ। यसैबीच कास्की–३ मा प्रतिस्पर्धा त्रिकोणात्मक बन्दै गएको र मतदाता निर्णायक भूमिका खेल्ने देखिन्छ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि अझ तीव्र बनेको छ। मतदाताले स्थिरता, पहिचान र विकासलाई प्राथमिकता दिने संकेत दिइरहेका छन्, जसले यस क्षेत्रको नतिजा रोचक हुने अनुमान गरिएको छ।