काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोक चौधरीले आफ्नो पार्टीलाई ‘भोट नहाल्ने मतदाता’लाई देशविरोधी भनेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि सुनसरी– २ बाट उम्मेदवारी दिएका उनले बिहीबार इटहरी जेसिसले आयोजना गरेको कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् । उनले आफ्नो पार्टीले दुईतिहाइ मागिरहेको हुँदा परिवर्तनका लागि भोट दिनुपर्ने आवश्यता औल्याएका थिए ।
‘यो चुनावमा दुईतिहाइ मागिरहेको छ । परिवर्तन आवश्यक ठान्नुभएको छ भने दुईतिहाइ पुर्याउन लाग्नुस्, राष्ट्रिय स्वतन्त्र पार्टी लागिरहेको छ,’ उनले चेतावनीपूर्ण शैलीमा भने, ‘यदी तपाईं लाग्नुहुन्न भने । एक वा एकभन्दा बढी अस्थिर सरकार चाहिराख्नु भएको छ । तपाईं देशविरोधी हो । त्यसका लागि तपाईं सचेत हुनुपर्छ ।’