काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कास्की क्षेत्र नम्बर ३ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुन खनालको घरदैलो कार्यक्रममा मतदाता तथा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको छ।
घरदैलो अभियानका क्रममा उम्मेदवार खनालले हिन्दु राष्ट्रको पुनःस्थापना र राजसंस्थाको संरक्षणलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। उनले राष्ट्रको पहिचान, संस्कृति र परम्पराको संरक्षणका विषयमा आफ्नो धारणा प्रस्तुत गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
अभियानका क्रममा विभिन्न स्थानमा स्थानीयवासीले फूलमाला र खादा लगाएर स्वागत गरेका छन् । टोल तथा बस्तीस्तरमा आयोजित भेटघाट कार्यक्रममा सहभागीहरूले राष्ट्रिय अस्मिता र स्थायित्वका विषयमा चासो व्यक्त गरेका छन् ।
निर्वाचन नजिकिँदै जाँदा क्षेत्रमा चुनावी गतिविधि बढ्दै गएको छ। समर्थकहरूले कास्की–३ मा पार्टीको पक्षमा सकारात्मक माहोल बनेको दाबी गरेका छन्।

-1771504606.jpeg)