काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले फागुन २१ गतेको चुनावका लागि कर्णाली प्रदेशबाट वाचा पत्र सार्वजनिक गरेका छन् ।
सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेसहितले वाचा पत्र सुर्खेतस्थित घण्टाघर चोकमा आयोजित चुनावी सभामा सार्वजनिक गरेका हुन् ।