काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले दोबाटोमा उभिएको र भत्काउने तथा बनाउने दुई विरोधी सोचबीच द्वन्द्व जारी रहेको बताएका छन्। काठमाडौंमा आसन्न निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले भने, ‘आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर आवेग र आक्रोश छ, अर्कोतिर विवेक र जिम्मेवारी छ। भत्काउने र बनाउने द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ।’ उनले थपे कि अहिले समाज प्रश्नैप्रश्नको घेरामा रहेको छ र निर्वाचनअघि पार्टीले गरेको प्रतिबद्धता घोषणा गर्नुपर्ने परिस्थितिमा यस्तो अवस्था बनेको हो।
साथै, ओलीले आफूहरूको पहिलो प्राथमिकता देश नै रहेको पनि बताए। उनले भने, ‘देशको भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति र सुव्यवस्था यी सबैभन्दा माथि केही छैन। हामी निर्माणको पक्षमा छौं, उत्तेजनाको पक्षमा होइन। हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं। हाम्रो गन्तव्य स्पष्ट छ – समृद्ध नेपाल, सुखी नेपाली।’ ओलीका यी भनाइहरूले आगामी निर्वाचनका बेला एमालेले समाजमा स्थायित्व र सुव्यवस्थालाई प्रथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको देखाउँछन्।