काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा आफूहरूले घोषणा र बाचा नगरी प्रतिज्ञा गर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईको पश्च’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूहरूले जानेरै घोषणापत्र नल्याएको बताए ।
‘हामीहरूले जानेरै घोषणापत्र नभनेका हौँ । निर्वाचनमा हामीले घोषणा र बाचा गर्दैनौ । प्रतिज्ञा गर्छौँ,’ सभापति थापाले भने, ‘हामीले निर्वाचनमा प्रतिज्ञा गर्छौँ । त्यो प्रतिज्ञाका विषय हिजो जनकपुरमा सार्वजनिक गरेका छौँ ।’
उनले पहिला पार्टीबाट भएका गल्तीलाई सच्याएर अगाडि बढ्ने बताए ।