काठमाडौं । फागुन २१ गतेको निर्वाचनका लागि नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली-राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।