काठमाडौँ । नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश कठिन अवस्थामा रहेको र चुनावमा देश सम्हाल्न सक्ने शक्तिलाई जिताउनुपर्ने बताएका छन्। जनकपुरको तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञा सभामा बोल्दै शर्माले अहिलेको मुख्य प्रश्न “कसले जित्ने ” नभई “कसले देश सम्हाल्ने” भन्ने रहेको बताएका छन् ।
उनले भने, अहिले देश दुःखमा छ । यस्तो समयमा जिम्मेवारी लिन सक्ने नेतृत्व आवश्यक रहेको उनको धारणा छ । शर्माले काङ्ग्रेसले जीवनमा धेरै चुनाव जितेको र हारेको पनि उल्लेख गर्दै जित–हार सामान्य कुरा भएको बताए। तर अहिलेको चुनाव पद्धति, सामाजिक सद्भाव र देशको स्थिरता जोगाउने विषयमा केन्द्रित हुनुपर्ने उनले बताए ।
उनले मधेशलाई सबै नेपालीको पेट भर्ने भूमि भएको भन्दै त्यहाँका किसानप्रति कृतज्ञता व्यक्त गरे। मधेशले देशलाई सबैभन्दा बढी अन्न दिने भएकाले यहाँका किसानको योगदान महत्वपूर्ण रहेको उनले बताए ।