काठमााडौँ । नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा दिउँसो देखि सुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसले आफ्ना प्रतिज्ञा पत्रको १० भिजन सार्वजनिक गरेको छ । जसमा सपना देख्न सक्ने नेपाल देखि लिएर सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल जस्ता विभिन्न बिषयमा नेपाल उल्लेख गरेको छ ।