काठमाडौँ । रास्वपाका महामन्त्री तथा अछाम क्षेत्र २ का उम्मेदवार भुपदेव शाहले ‘सुपलाई काठमाडौँ जोड्न्या नाई काठमाडौँलाई सुपमा जोड्न पड्या’ बताएका छन्’ । पार्टीको आज धनगढीमा चुनावी सभा ‘पार्टीको परिवर्तनको उद्घोष कार्याक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले पार्टीले आयोजनामा भएको परिवर्तनको उद्घोष कार्यक्रममा उनले भदौ २३ गते भएको घटनाको सम्झना गर्दै जनताको ‘यो आक्रोस फागुन २१ सम्म राख्नका लागि आग्रह गरेका छन्। पुराना तथा पार्टीका नेतालाई सुध्रनका लागि समय दिए पनि नसुध्रिँदा यो अवस्था आएको त्यसको विकल्प रास्वपा भएको बताए ।