काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) का सभापति रबि लामिछाने तथा बरिष्ठ नेता बालेन शाह सहित सुदुरपश्चिमका प्रतिनिधिसभा सदस्यका उम्मेदवार चुनावी कार्यक्रममा पुगेका छन् । पार्टीले परिवर्तन उद्घोष सभाको नाममा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार सहभागी भएका छन् ।
अधिकांश उम्मेदवार धनगढी–१ सन्तोषीटोलका हुने कार्यक्रममा पुगिसकेका छन्। सुदूरपश्चिमका प्रत्यक्ष र समानुपातिक सबै उम्मेदवार कार्यक्रमा सहभागी भएका छन् । कार्यक्रममा रास्वपा नेतृ रिमा विश्वकर्मा, ज्वाला संग्रौला कैलाली सहित सुदुरपश्चिम प्रदेशका सबै उम्मेदवार पार्टीले आयोजना गरेको उद्धघोष स उपस्थिति भएका छन् ।