काठमाडौँ । नेपाली कांग्रेस ले मधेशबाट आफ्नो चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने भएको छ। पार्टीले आज जनकपुरधाममा आयोजना गर्ने विशेष सभामार्फत् उक्त दस्तावेज सार्वजनिक गर्न लागेको हो। पार्टी प्रवक्ता देवराज चालिसे का अनुसार प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रमबारे विस्तृत जानकारी ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत दिइनेछ।
नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमिति को आयोजनामा हुने ‘प्रतिज्ञा सभा’लाई पार्टीका सभापति गगन थापा ले सम्बोधन गर्ने कार्यक्रम छ। सोही अवसरमा उनले पार्टीको चुनावी घोषणापत्र, जसलाई कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ, औपचारिक रूपमा सार्वजनिक गर्नेछन्। प्रदेश सभापति कृष्णप्रसाद यादव ले सभामा करिब एक लाख नागरिकको सहभागिता गराउने लक्ष्य राखिएको बताएका छन्।