काठमाडौँ । मधेसकी चर्चित आन्दोलनकारी महिला नेत्री तत्कालीन तमलोपा महिला बिभागको केन्द्रिय अध्यक्ष बिन्दु ठाकुर सहित सयौंको संख्यामा रास्वपामा प्रवेश गरेका छन् ।
मंगलबार एक कार्यक्रमका बिच उनिहरु रास्वपामा प्रवेश गरेका हुन् । रास्वपामा प्रबेश गर्नेहरुमा नेकपा प्रदेश सदस्य सरोज यादव,युवानेता सन्नी सिंह पनि रहेका छन् ।
उनिहरुलाई मनिष झा,डा. राजीव कुमार झा लगायतका नेताहरुले स्वागत गरेका हुन् । राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उमेदवार रहेका राजीवले मनिष झालाई समर्थन गरि रास्वपामा प्रवेश गरिसकेका छन् ।