काठमार्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा नम्बर ५ केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षालाई मूल मन्त्र बनाइएको उक्त प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

