काठमाडौं । एमालेबाट राष्ट्रिय सभा सदस्य निर्वाचित रामकुमारी झाक्रीले चुनावको खर्च विवरण सार्वजनिक गरेकी छन्।
गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएकी झाक्रीले सोमबार सामाजिक सञ्जालमार्फत निर्वाचनमा २ लाख ३६ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेकी हुन्।
उनको सबैभन्दा धेरै खर्च गोष्ठी/ कार्यकर्ता परिचालनमा लागेको विवरणमा उल्लेख छ।
