काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय प्रचार–प्रसार समिति सदस्यमा ऋषिश्वर थपलियालाई मनोनयन गरेको छ । चितवनका थपलियालाई काँग्रेसको केन्द्रीय कार्यलयले उक्त जिम्मेवारी दिएको हो ।
आशन्न प्रतिनिधि सभामा पार्टीका उम्मेदवारहरूलाई विजय गराउन तथा समानुपातिक मत बढाउने उद्देश्यले प्रचार–प्रसार कार्यलाई प्रभावकारी, समन्वयात्मक र व्यवस्थित ढंगले सञ्चालन गर्ने उदेश्यले थिलियालाई उक्त जिम्मेवारी दिईएको हो ।
यता थपलियाले भने केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यको जिम्मेवारी पाउँदा खुसी लागेको र आफूले पाएको जिम्मेवारीलाई परिणाममुखी बनाएर निर्वाह गर्ने बताए ।
