काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बन्न नसकेको बताएका छन् ।
चुनावी प्रचारका लागि झापा पुगेका ओलीले चुनावको वातावरण बनिनसकेको बताएका हुन् । चुनावमा आफ्नो पार्टीले भाग लिने तर चुनावको वातावरणबारे यसै भन्न सकिने अवस्था नरहेको उनले बताए ।
अब चुनाव त हुन्छ भन्ठान्छु ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । , तर चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि ‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा अझै बनेको जस्तो देखिँदैन,’ उनले भने ।