काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पाँचबुँदे ‘नागरिक करार’ पत्र सार्वजनिक गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो करारपत्र सार्वजनिक गरेका हुन् ।
“चुनावमा वाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै निरन्तर भोग्नुपर्यो । हामी पूरा नहुने वाचा होइन जनतासँग प्रतिज्ञाको करार गर्दै छौँ,” लामिछानेले पत्र सार्वजनिक गर्दै लेखेका छन् ।