काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित आफ्नो प्रतिबद्धतापत्र–२०८२ सार्वजनिक गरेको छ।
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको यस दस्तावेजमा चरम आर्थिक संकट, भ्रष्टाचार र कुशासनविरुद्ध जेन-जी विद्रोहको सन्दर्भ उल्लेख गर्दै प्रगतिशील लोकतन्त्रलाई मुख्य आधार बनाइएको छ।
पार्टीले पूर्ण समावेशीता, सामाजिक न्याय, जनसहभागितामूलक शासन र सुशासनलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाएको छ। यसले पुरानो दलतन्त्रको अन्त्य गरी युवा उर्जा र पुरानो अनुभवको समायोजन गर्ने लक्ष्य राखेको छ।