काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा मतदान गर्नुपर्ने ३५ कारण प्रस्तुत गरेको छ ।
एमालेको झापा–५ क्षेत्रीय कमिटीले सार्वजनिक गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षादेखि शिक्षकदरबन्दी मिलानसम्मका विषयहरु समेटिएको छ ।
केपी शर्मा ओलीलाई नै भोट किन ? शीर्षकमा जारी गरिएको अपिलमा जनताका खोसिएको अधिकार पुनर्बहालीका लागि पनि ओलीलाई जिताउनु पर्ने उल्लेख छ ।
एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमुलक विकास गर्दै स्वरोजगारको अभिवृद्धीका लागि ओलीलाई मतदान गर्न आह्वन गरिएको छ ।
.jpg)