काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र पढेर सार्वजनिक गरेका हुन् ।
राप्रपाले आफ्नो घोषणापत्रलाई ‘संकल्प पत्र’ को नाम दिएको जसमा अबको गन्तव्यको रुपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वी पथ’ लाई राखेको छ । राप्रपाले शासकीय स्वरूप पनि घोषणापत्रमा राखेको छ । जहाँ अभिभावकीय संस्थाको रुपमा राजसंस्था हुनुपर्ने राप्रपाको घोषणा छ ।
यस्तो छ संकल्पपत्र (पूर्णपाठ)
यस्तो छ संकल्पपत्र