काठमाडौँ । मनिष मिश्रले जनता समाजवादी पार्टी नेपाल छोेडेका छन् । सर्लाही–४ मा टिकट नपाएपछि असन्तुष्ट रहेका मिश्रले जसपा नेपाल छोडेको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत राजनीतिको नयाँ अध्यायको शुरूवात गर्ने निर्णयमा पुगेको बताएका हुन् ।
जसपा नेपाल छोडेपछि मिश्र कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् । सर्लाही–४ मा काग्रेसबाट सो पार्टीका सभापति गगन थापाले उम्मेदवारी दिएका छन् भने मुख्य प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.अमरेसकुमार सिंह रहेका छन्