धनगढी । नेपाली कांग्रेसका स्थानीय नेता शेरबहादुर देउवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बुधबार एमाले डडेल्धुराले आयोजना गरेको गन्यापधुरा गाउँपालिका-स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका तत्कालीन मष्टामाण्डौ गाउँ कमिटी सभापति देउवाले कांग्रेस परित्याग गर्दै एमाले प्रवेश गरेको जानकारी नेकपा एमाले डडेल्धुरा प्रचार विभाग प्रमुख सुन्दर जैरुले दिएका छन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार चक्रप्रसाद स्नेहीलाई विजयी गराउने उद्देश्यसहित देउवासहित एक दर्जन नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेको जनाइएको छ ।