काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँका नेता प्रणयशम्शेर राणाले पार्टीबाट राजीनामा दिएका छन् । बिहीबार राणाले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
राणाले पार्टीमा आबद्ध भएयता आफूले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको विषयमा बहस पैरवी गर्दै आएको तर पार्टी केन्द्रले आफ्नो अनुकूल सङ्गठन र साङ्गठनिक संरचनामा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।
उनले पार्टीभित्रको प्राइमरी निर्वाचनमा पनि आर्थिक अपचलन भएको आरोप लगाएका छन् ।
_EHK0i3KsBY.jpg)