काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा यात्रुबहाक बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको १९७५ नम्बरको अरनिको यातायातको यात्रुबहाक बस केहीबेर अगाडि लिलौटी भन्ने ठाउँबाट सिधै तामाकोशीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले गाडी साहुसहित पाँच जनाको शव निकालिएको जानकारी दिए ।
दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ ।